असार २५, २०८२ बुधबार July 9, 2025

तरकारीबाट कोरोनाभाइरस सर्दैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) तरकारीबाट नसर्ने चिकित्सकहरू बताउँछन् । तरकारी राम्रोसँग सफा गरेर पकाए कोरोना नसर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोला बताउँछन् । उनले भने, “तरकारीमा कोरोना भाइरस रहेछ भने पनि राम्रोसँग पकाएर खाए असर गर्दैन ।”

उनले कोरोना भाइरस (कोभिड १९) एक व्यक्तिबाट अर्कोमा खोक्दा वा हाछ्यू गर्दा निस्कने थुकका छिटाबाट सर्ने जानकारी दिएका छन । “घर बाहिरबाट आउँदा र खाना पकाउनुअघि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ,” उनले भने ।
डा. बास्तोलका अनुसार दूरी कायम गरेर मात्र तरकारी किन्ने बानी गर्नुपर्छ । कोरोना भाइरसको जोखिम बाहिर जति बढी हिँड्यो त्यति बढ्ने हो, तरकारी हरेक दिन किन्न जानुभन्दा लामो समयसम्म पुग्ने गरी नबिग्रने तरकारी किनेर राख्न उनले सुझाएका छन ।

डा. शेरबहादुर पुनले पनि तरकारी राम्रोसँग सफा गरेर पकाएर खाए कोरोना नसर्ने बताउँछन् । उनले भने, “तरकारी राम्रोसँग पकाउँदा भाइरस मर्छ ।”

डा. पुनका अनुसार बाहिरबाट आएपछि राम्रोसँग साबुनपानीले हात धुने गर्नुपर्छ । सार्वजनिक स्थलबाट आएको अवस्थामा हात सफा नगरी आँखा, नाक, मुखमा नलैजान उनको सुझाव छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना श्वासप्रश्वाससँग सम्बन्धित रोग भएका कारण एक व्यक्तिबाट अर्कोमा सीधा सम्पर्कबाट सर्ने बताउँछन् । उनले तरकारी, फलफूल खाँदा राम्रोसँग पाखालेर खान र आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन पनि आग्रह गरेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार