काठमाण्डौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी–ट्वान्टी लिग खेल्ने भएका छन् ।
मंगलबार राति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवार र दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गरेको हो ।
सन्दीपले यसअघिका दुवै सिजनको ग्लोबल टी–ट्वान्टी लिग खेलिसकेका छन् भने दीपेन्द्रले पहिलोपटक विदेशी लिग खेल्ने अवसर पाएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया