असोज २०, २०८३ मंगलबार October 6, 2026

गुल्मीका कोरोना संक्रमितको शव ३१ घण्टापछि सेनाले उठायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बुटवल । उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शब ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको छ ।

रुपन्देहीको क्रिसन अस्पतालमा बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका उनको शब शुक्रबार दिउँसो २ बजे सेनाले उठाएको हो ।

अस्पतालको दुई तलामाथि रहेको आईसीयू कक्षमा पुगेर नेपाली सेनाको चार–पाँच जनाको प्राविधिक टोलीले मृतकको शब निकालेर र्‍यापिङ गरी शब वाहनमा राखेर अस्पतालबाट अन्यत्र लगेको हो ।

शबवाहनलाई प्रहरीले स्टर्किङ गरेको थियो । मृत्यु भएको दोस्रो दिनसम्म शब उठ्न नसकेपछि सरकारको आलोचना भएको थियो । मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै बिहीबार बिहान छानबिन हुनुपर्ने माग गरेका थिए ।

तर सेनाको टोली आएर शब व्यवस्थापनका लागि तयार कागजमा हस्ताक्षर गर्न भनेपछि उनीहरुले हस्ताक्षर गरेका रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिएका छन ।

‘शव उठाउने क्रममा उहाँहरुले केही भन्नुभएन, हामीले बनाएको कागजमा हस्ताक्षर गर्नुभयो’ उनले भने । संघीय सरकारले बनाएको कोभिड–१९ शब व्यवस्थापन कार्यविधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा छैन । शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने प्रहरी उपरीक्षक थापाले बताएका छन ।

जेठ १ गतेदेखि अस्पतालको आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचारर गराइरहेका ४१ वर्षका बिरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार
Minister Lamsal for ‘paradigm shift’ in construction of disaster-resistant structures
२०८३ असोज २०, मंगलबार