मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एसियाली खेलकुद : जुडोतर्फ आठ खेलाडी छनोट

पुरुष र महिलातर्फ समान चार-चार खेलाडी छानिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका छन् ।

नेपाल जुडो सङ्घले खुसिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्समा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडी छनोट भएका हुन् । नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार पुरुष र महिलातर्फ समान चार-चार खेलाडी छनोट भएका छन् ।

पुरुष ६० किलोमुनिको तौल समूहमा लुम्बिनी प्रदेशका विकास विक, ६६ किलोमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ किलोमुनि नेपाली सेनाका जङ्गबहादुर सारु र १०० किलोमाथिको तौल समूहतर्फ सेर्नाकै रन्जेश गोले छनोट भएका छन् ।

यस्तै महिला ५२ किलोमाथिको तौल समूहतर्फ बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ किलोमुनि प्रहरीकी मनिता श्रेष्ठ प्रधान, ७० किलोमुनि पुनम श्रेष्ठ र ७८ किलोमाथिको तौल समूहतर्फ आकृति श्रेष्ठ छनोट भएका छन् । इन्द्र र देवकी सहोदर दाजु/बहिनी हुन् । इन्द्र, देवकी र मनिता बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया