मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एसिया कप : चार खेल पाकिस्तानमा बाँकी सबै श्रीलंकामा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रस्ताव गरेको ‘हाइब्रिड मोडेल’ स्वीकृत भएसँगै एसीसी एसिया कपको मिति सार्वजनिक भएको छ ।  बिहीबार सार्वजनिक भएको मितिअनुसार प्रतियोगिता ३१ अगस्टदेखि पाकिस्तानमा सुरु भएर १७ सेप्टेम्बरमा श्रीलंकामा सम्पन्न हुनेछ ।

पीसीबीले प्रस्ताव गरेको ‘हाइब्रिड मोडेल’ प्रस्तावमा एसीसीसँगै सहभागी राष्ट्रका क्रिकेट बोर्ड सहमत भएपछि प्रतियोगिताको चार खेल पाकिस्तानमा हुने निश्चित बनेको हो । यी चार खेलबाहेक सबै खेलहरु श्रीलंकमा हुनेछ । प्रतियोगिताको समूह चरणका समान एकखेलका लागि नेपाल, बंगलादेश, श्रीलंका र अफगानिस्तानले पाकिस्तानको भ्रमण गर्नेछन् ।

प्रतियोगितामा भारतले पाकिस्तानको भ्रमण गर्नेछैन । भारतको सबै खेल श्रीलंकामा नै हुनेछ ।

“प्रतियोगिता हाइब्रिड मोडलमा आयोजना हुनेछ जसमा चार खेल पाकिस्तानमा हुनेछ र बाँकी नौ खेलहरू श्रीलंकामा हुनेछन् । २०२३ को संस्करणमा दुई समूहहरू हुनेछन्, प्रत्येक समूहबाट शीर्ष दुई टोलीहरू सुपर फोर चरणको लागि छनोट हुनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली त्यसपछि फाइनलमा भिड्नेछन्,” एशियन क्रिकेट काउन्सिलले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल एसीसी प्रिमियर कप च्याम्पियनको हैसियतमा प्रतियोगितामा छनोट भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया