कार्तिक २९, २०८३ आइतबार November 15, 2026

भूम्या पूजाको अवसरमा दुई जिल्लामा सार्वजनिक बिदा

स्थानीय सत्ताको अनुमतिले बुकीमा पुगेर युवायुवतीले ल्याएका रङ्गीविरङ्गी फूलहरु भोलि बिहान घरघरमा भित्र्याएपछि यो पर्व शुरु हुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लुम्बिनी प्रदेश सरकारले भूम्या पूजाको अवसरमा दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले रोल्पा र रुकुम पूर्वमा मनाइने यस पर्वको उपलक्ष्यमा ति दुई जिल्लामा सार्वजनिक बिदा दिएको हो । मन्त्रालयले आज सूचना जारी गर्दै प्रदेश सरकार, मन्त्रिपरिषद्को गत चैत १७ गतेको निर्णयानुसार बिदा दिइएको जानकारी गराएको छ ।

‘भूम्या पूजाको अवसरमा रोल्पा र रुकुम पूर्व जिल्लाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिने निर्णय भएकोमा भूम्या पूजा यही असार १ गते पर्ने भएकाले उक्त दिन रोल्पा र रुकुम पूर्व जिल्लाका सम्बन्धित समुदायलाई बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।

भूम्या पर्व मगर समुदायले मनाउने एउटा महत्वपूर्ण चाडमा पर्दछ । स्थानीय सत्ताको अनुमतिले बुकीमा पुगेर युवायुवतीले ल्याएका रङ्गीविरङ्गी फूलहरु भोलि बिहान घरघरमा भित्र्याएपछि यो पर्व शुरु हुन्छ ।

यस पर्वलाई नोकोबाङ्गे, भूमे, भूमिजस्ता नामले पनि चिनिन्छ । पर्वको नाम छुट्टाछुट्टै भएपनि यसको उद्धेश्य भूमिको पूजा गर्नु हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार