मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

अन्तर्राष्ट्रिय बास्केटबलमा नेपालसँग पाकिस्तान ६६–६२ ले पराजित

नेपालले अब लिग चरणको तेस्रो खेलमा आइतबार बंगलादेश र अन्तिम खेलमा माल्दिभ्सको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिपमा नेपालले बिहीबार पाकिस्तानलाई हराएको छ। माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा नेपालले पाकिस्तानलाई ६६–६२ ले पराजित गरेको हो।

नेपाल हाफ टाइममा ३३–२८ ले पछि परेको थियो। तर आखिरमा भने नेपाल विजयी भयो। पाँच टिम सहभागी यो प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा भुटानसँग ६१–५५ ले हारेको थियो।

नेपालले अब लिग चरणको तेस्रो खेलमा आइतबार बंगलादेश र अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ। लिग चरण सकिँदा शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्। पाकिस्तामाथिको जितले नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना जीवित भएको छ।

सन् १९७० र ८० को दशकमा लगातार एफआईबीए एसिया कप खेल्ने गरेको पाकिस्तान पछिल्लो समय दक्षिण एसियाली बास्केटबलमै कमजोर बनेको छ। सन् २०१३ बाट २०१५ सम्म विश्व बास्केटबल नियामक संस्था एफआईबीएको प्रतिबन्धमा परेको पाकिस्तान सात वर्षपछि अन्तर्राष्ट्रिय बास्केटबलमा फर्किएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया