कैलाली । जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएको छ । शिवनाथ गाउँपालिका-१ का २२ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताएका छन। उनले भने ‘हामी पनि असुरक्षित भयौं ।’
उनले संक्रमितसँग सम्पर्कमा रहेका सबैको परीक्षण माग गरिएको बताएका छन । संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तब्य ज्यानको मुद्धामा पक्राउ गरिएको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।
३ दिन पहिले जिल्ला स्वास्थ्य कार्यालय बैतडी मार्फत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शुक्रबार कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया