असोज २०, २०८३ मंगलबार October 6, 2026

बैतडीका थुनुवा युवकमा कोरोना संक्रमण, प्रहरी कार्यालय सिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कैलाली । जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएको छ । शिवनाथ गाउँपालिका-१ का २२ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताएका छन। उनले भने ‘हामी पनि असुरक्षित भयौं ।’

उनले संक्रमितसँग सम्पर्कमा रहेका सबैको परीक्षण माग गरिएको बताएका छन । संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तब्य ज्यानको मुद्धामा पक्राउ गरिएको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।

३ दिन पहिले जिल्ला स्वास्थ्य कार्यालय बैतडी मार्फत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शुक्रबार कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार