असार २०, २०८२ शुक्रबार July 4, 2025

सामाजिक सुरक्षा भत्ता नहटाउन गृह मन्त्रालयलाई संसदिय समितिको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः संसदको महिला तथा सामाजिक समितिले सामाजिक सुरक्षा भत्ता यथावत् राख्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको ५० औं बैठकले कोरोना महामारीका बेला झन् सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन आवश्यक रहने देखिएको भन्दै यस्तो निर्देशन दिएको हो ।

पछिल्लो समय सामाजिक सुरक्षा भत्ता काटिने चर्चा चलिरहेका बेला समितिले गृह मन्त्रालयका नाममा उक्त निर्देशन दिएको हो । त्यस्तै समितिले नेपालको संविधान अनुरुप आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, एकल महिला, अपांगता भएका, बालबालिका, लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चिततामा भिन्नता देखिएको भनेर समितिमा गुनासो आएको भन्दै ती समुदायलाई लक्षित कामहरुको विवरण समितिमा पेश गर्न पनि सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

समितिले लैंगिक उत्तरदायी बजेट निर्माण गर्नका लागि पनि समन्वयात्मक भूमिका निर्वाह गर्न महिला बालबालिका तथा समाज कल्याण मन्त्रायलाई निर्देशन दिएको छ । बैठकले अल्पविकसित राज्यको सर्वांगीण विकासको आधार नै लैंगिक उत्तरदायी बजेट आवश्यक भएकोले आगामी आर्थिक वर्षको लागि त्यस्तो बजेट निर्माण गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार