मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

ज्ञानोदय र रेडियन्ट क्वाटरफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः ज्ञानोदय र रेडियन्ट तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित आयोजक संस्कृति इन्टरनेसनल स्कुलको कोर्टमा ज्ञानोदयले युरोलाई ३४–२० ले पराजित ग¥यो । ज्ञानोदयको जितमा दिपेश शाहीले २९ अंक योगदान गरे । सन्तोष शर्माको १४ अंक सहयोगमा रेडियन्टले मातृभुमिलाई ३७–२२ ले हरायो ।

ब्वाइजमै संस्कृतिले एक्सेल्सियरलाई २७–१८, काठमाडौं भ्यालीले टीआईएलाई ५४–२०, निसर्गले रातो बंगलालाई १८–१७, हेम्सले काठमाडौं वल्र्डलाई ३२–२३ र होली भिजनले जेम्सलाई ४५–२३ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

संस्कृतिका दीप जोशी श्रेष्ठले ६, काठमाडौं भ्यालीका वनाह गुरुङले २२, निसर्गका अभनलाल श्रेष्ठले १०, हेम्सका हेमन्त राजवंशीले १८ र होली भिजनका सविन लामाले २३ स्कोर गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया