मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

किङ्स क्लबलाई बाग्लुङ कप भलिबल उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको फाइनलमा न्युटन स्कुललाई ३–१ को सेटमा पराजित गर्दै किङ्स क्लबले उपाधि जित्न सफल भएको हो ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेट किङ्सले २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । दोस्रो सेट सहजै २५–१९ ले जितेको किङ्ले तेस्रो सेट १८–२५ ले गुमाउन पुग्यो । त्यसपछि चौथो सेट २५–१८ ले सहजै जित्दै किङ्स क्लबले उपाधि जित्न सफल भयो ।

उपाधिसँगै किङ्स क्लबले १ लाख रुपैयाँ र कप हात पारेको छ । दोस्रो भएको न्युटनले ५० हजार रुपैयाँ र कप पाएको छ । किङ्स क्लबका कप्तान तथा ओपन स्पाइकर सन्जु विक्रम शाह प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । उनले कपसँगै ४ हजार रुपैयाँ प्राप्त गरे ।

विजयी टोली तथा खेलाडीलाई ह्याप्पी योङ युथ क्लबका अध्यक्ष किरण घायल, नेपाल भलिबल संघका सदस्य जुनु पुन मगर, खेल संयोजक दिल सुनारसँगै राज कुमार राई, भुमि घर्ती, कृष्ण गुरुङ र दिल माया दुरालगायतले पुरस्कृत गरे ।

ह्याप्पी योङ युथ क्लबको आयोजनामा ३० जेठबाट शुरु भएको प्रतियोगिता ८ क्लबको सहभागिता रहेको थिया । सहभागी क्लबले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । सुरुवाती दुई संस्करण २ ए साइडमा भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया