काठमाण्डौंः जिल्ला ब्याडमिन्टन संघको आयोजनामा ताप्लेजुङमा गत विहिवार देखि सञ्चालित तेस्रो मेयर कप तथा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
ताप्लेजुङ जिल्लाका सबै स्थानीय तहहरुको प्रायोजन तथा फुङलिङ नगरपालिकाको मुख्य प्रायोजनमा आयोजीत प्रतियोगिताको मिक्स डवल्स विधातर्फ शिव मगर र सरुना गुरुङको टिम प्रथम, रेसिका गुरुङ तथा आन्द्रियास लिम्बूको टिम द्धितीय भएकाछन् । प्रथम र द्वितिय हुने टिमले क्रमसः १५ र १० हजार पुरस्कार प्राप्त गरेकाछन् ।
त्यस्तै मेन्स डवल्स जुनियरमा भुपेन्द्र लिम्बू र आन्द्रियास लिम्बूको टिम प्रथम हुँदा बसन्त तामाङ र दक्ष लिम्बूको टिम द्धीतीय भएकाछन् । प्रथम र दोस्रो हुने टिमले क्रमसः नगद रु २० हजार र १५ हजार पुरस्कार प्राप्त गरेका छन् । यस्तै,कर्मचारी डवल्स् तर्फ खेम गुरुङ र लक्ष्मण घतानीको टिमले प्रथम स्थान हात पार्दा शिव लिम्बू र केशव पौडेलको टिम द्धितीय भएको छ । । प्रथम र दोस्रो हुने टिमले क्रमसः १५ हजार र १० हजार पुरस्कार प्राप्त गरेको छ ।
माथिका ईभेन्टस्मा ताप्लेजुङ जिल्ला भित्रका मात्र सहभागि भएकाथिए भने कोशी प्रदेश भरिका १० जिल्लाका खेलाडी सहभागी बनेको भेट्रान्स डवल्स् ४५ बर्ष माथिको ईभेन्टसमा पाँचथरवाट सहभागी दीपक कुमार आङ्देम्बे र गणेश राईको टिम विजयी वन्दा पाचथरकै युगमणि लिम्बू र रामराज आङ्देम्बेको टोलि उपविजेता वनेको छ । । प्रथम र दोस्रो हुने टिमले क्रमसः २५ र १५ हजार प्राप्त गरेको छ ।
मेन्स् डवल्स् सिनियर तर्फ भने तेह्रथुमका नविन शिल्वाल र डीवी कन्दंवाको जोडि प्रथम बन्दा उपविजेता भने मोरङका महेश खड्का र लाक्पा शेर्पाको जोडि वनेको छ । उक्त विधामा प्रथम र दृतियले क्रमस ः ३० र २० हजार प्राप्त गरेको आयोजकले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया