भाद्र २८, २०८३ आइतबार September 13, 2026

विश्व विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालको तेस्रो सफलता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको जारी खेलमा नेपालले तीन विकेट लिएको छ । जिम्बावेको हरारे स्पोर्टस् क्लबमा जारी खेलको २५ ओभरको समाप्तीसँगै नेपालले तीन विकेट लिएको हो ।

आफ्नो क्रिकेट इतिहासको पहिलो पटक विश्वकप विजेता वेस्ट इन्डिजसँग खल्ने क्रममा नेपालका करण केसी, गुल्सन झा र सन्दिप लामिछानेले समान एक–एक विकेट लिए । नेपालका लागि करणले वेस्ट इन्डिजका सुरुआती ब्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट गराए ।

उनले खेलको दोस्रो ओभरको तेस्रो बलमा मेयर्सलाई पेभिलिएन फर्काएका हुन् । करणले यसअघि अमेरिका विरुद्धको खेलमा पनि चार विकेट लिएका थिए ।

त्यस्तै नेपालका अर्का खेलाडी गुलशन झाले पाँचौँ ओभरको पहिलो बलमा वेस्ट इन्डिजका जोनसन चाल्र्सलाई शून्य रनमा नै आउट गरे । त्यस्तै सन्दिप लामिछानेले वेस्ट इन्डिजका सुरुआती ब्याट्सम्यान ब्रेन्डन किङलाई आउट गराए ।

सन्दिपले ब्रेन्डनलाई ३२ रनमा आउट गराएका हुन् । सोह्रौँ ओभरको तेस्रो बलमा किङ बोल्ड हुन पुगेका हुन् । उक्त प्रतियोतिगामा सन्दिपको यो पहिलो विकेट हो ।

जारी खेलको २५औँ ओभर सकिँदासम्म वेस्ट इन्डिजले तीन विकेट गुमाएर र एक सय २० रनको योगफल बनाएको छ । अहिले क्रिजमा वेस्ट इन्डिजका कप्तान शाई होप र निकोलस पुरन छन् । कप्तान होपले ४७ रन बनाएका छन् ।

उनले ७२ बलमा पाँच चौका प्रहार गर्दै ४७ रन बनाएका छन् । त्यस्तै पुरनले ३२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३८ रनमा अविजित छन् ।

यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया