मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

प्रधानमन्त्री कप खुल राष्ट्रिय ब्याडमिन्टन बुधबारदेखि

असार १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल ब्याडमिन्टन सङ्घको तत्त्वावधान तथा बागमती प्रदेश ब्याडमिन्टन सङ्घ तदर्थ समितिको आयोजनामा तेस्रो प्रधानमन्त्री कप खुल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार १३ गतेदेखि हुनेभएको छ ।

नखिपोट ब्याडमिन्टन सर्कलको कभर्डहलमा  हुने प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ वर्ष माथिको युगल, यु–११, यु–१३ र यु–१५ छात्र/छात्रा गरी १० विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक तथा बागमती प्रदेश ब्याडमिन्टन सङ्घ तदर्थ समितिका अध्यक्ष रुद्र थिङ्गले जानकारी दिनुभयो ।

असार १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग रहेको छ । प्रतियोगितामा पुरुष र महिला एकलतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः ५०, २५ र १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पुरुष युगलतर्फ शीर्ष तीनमा रहनेलाई क्रमशः ४०, २० र आठ, भेट्रान्सतर्फको शीर्ष तीनमा रहने खेलाडीलाई ३०, १५ र ६ हजार रुपियाँ प्रदान गरिनेछ ।

उमेर समूहमा विजेता, उपविजेता र तेस्रो हुनेलाई पनि आकर्षक नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा दुई ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया