काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरुप परीक्षा दिने परीक्षार्थीको परीक्षा फारम इन्ट्रि गर्ने समय थप गरेको छ । २०८० सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तहको परीक्षा फारम इन्ट्रि गर्ने समय थप गरेको हो ।
विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको विविएस, विएड, विएस्सी, विएको नियमित/आंशिक तर्फ २०७९ र तीन वर्षे विए दोस्रो वर्ष आंशिक र प्राइभेट आंशिक तर्फको परीक्षा दिने परीक्षार्थीको परीक्षा फाराम इन्ट्रि गर्ने समय थप गरेको जनाएको छ ।
इन्ट्रि गर्ने समय २०८० जेठ १० गतेदेखि असार ८ गतेसम्म कायम गरिएकोमा उक्त अवधि थपेर २०८० असार २५ गतेसम्म समय निर्धारण गरेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया