मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

पाँचपोखरीका दुई क्रिकेट खेलाडी भारत प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नो पालिकाका दुई क्रिकेट खेलाडीलाई थप तालिमका लागि भारत पठाएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई पालिकाको लगानी तथा सिन्धुपाल्चोक क्रिकेट सङ्घको समन्वयमा तालिममा पठाइएको सिन्धुपाल्चोक क्रिकेट संघका अध्यक्ष विजयकुमार धितालले  जानकारी दिनुभयो ।

सार्थक बागमती प्रदेशका अन्डर १६ कप्तान भैसकेका तथा  राष्ट्रिय टिमको अन्डर १६ को बन्द प्रशिक्षणमा परिसकेका खेलाडी हुन पाँचपोखरी थाङपाल ३ का पासाङ जिल्लाबाट प्रदेशको खेल खेल्ने गर्दछन् ।

भारतको बहु प्रतिष्ठित रणजी ट्रफी समेत खेली सकका खेलाडी पुनित मेहराद्वारा प्रशिक्षण गराउने कल्का क्रिकेट एकेडेमीमा ३ महिनासम्म ट्रेनिङको लागि आज औपचारिक  रूपमा गाउँपालिका अध्यक्ष टासी लामाले शुभकामना सहित बिदाइ गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया