असोज १९, २०८३ सोमबार October 5, 2026

त्रिवि शिक्षण अस्पतालमा आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा पनि सोमबारदेखि आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ ।

शिक्षण अस्पतालमा रहेको पीसीआर मेसिन लामो समयदेखि बिग्रिएका कारण सेवा सुरु भएको थिएन । कीर्तिपुरमा रहेको माइक्रोबायोलोजी विभागको ट्रफल रिसर्च प्रोगाममा रहेको पीसीआर मेसिन महाराजगञ्जमा सारेर सेवा सुरु गर्न लागिएको हो।

कीर्तिपुरकै टोलीले ८ दिन लगाएर ल्याब तयार पारेको हो । त्रिवि माइक्रोबायोलोजी विभागका आनुवाशिंक विज्ञ डा. गिरिराज त्रिपाठीले भने, ‘विश्वविद्यालयको उपकुलपतिको मौखिक निर्देशनमा ल्याब तयार पारिएको हो, हामीले दक्ष जनशक्ति पनि ल्याबमा खटाएका छौं ।’

मेसिन स्थानान्तरणपछि प्राविधिक कमिटी गठनसमेत गरेसँगै परीक्षण सुरु गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत अनुमति दिइसकेको छ ।

एक पटकमा ९६ नमूनाका परीक्षण गर्नसक्ने मेसिनमा कम्तीमा २४ वटा नमूना जम्मा हुनासाथ परीक्षण थाल्ने नियम बनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महाधिवेशन सार्ने तयारीमा नेकपा, २३ असोजको बैठकमा मिति टुंग्याउने
२०८३ असोज १९, सोमबार
शैक्षिक क्षेत्रका व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान
२०८३ असोज १९, सोमबार
दुर्गा प्रसाईंलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा झिकाउन आदेश
२०८३ असोज १९, सोमबार
नुवाकोटका विद्यालयको पुनःस्थापनामा प्याब्सनको ६ लाख १९ हजार राहत सहयोग प्रदान
२०८३ असोज १९, सोमबार
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार