असोज १९, २०८३ सोमबार October 5, 2026

थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६८२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सोमबारै थप सातजना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार दोस्रो पटक सातजना संक्रमित थपिएको बताएका छन्।

उनका अनुसार सेती अञ्‍चल अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामको मेल्लेखमा ३२ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ। उनको अहिले अछाम अस्पतालमा उपचार भइरहेको देवकोटाले जानकारी दिएका छन। त्यसैगरी भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका तीनजनामा कोरोना पुष्टि भएको छ। उनका अनुसार गुलरिया-१० बर्दियाका २२ र २४ वर्षीय तथा गुलरिया-२ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

त्यसैगरी चितवनस्थित नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको छ। जसअनुसार जिराभवानी गाउँपालिका पर्साका १८ वर्षीय पुरुष र काठमाडौं घर भइ बाराको कलैयामा काम गर्दै आएका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

सोमबारै बाराकै अर्का पुरुषमा पनि कोरोना पुष्टि भएको छ। नेशनल मेडिकल कलेज वीरगञ्‍जमा जेठ ४ गते ज्यान गुमाएका बाराका ७० वर्षीय वृद्धमा कोरोना पुष्टि भएको उनले बताएका छन। यसअघि सोमबार बिहान देशका विभिन्‍न जिल्लामा ७२ जना कोरोना संक्रमित भेटिएका थिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महाधिवेशन सार्ने तयारीमा नेकपा, २३ असोजको बैठकमा मिति टुंग्याउने
२०८३ असोज १९, सोमबार
शैक्षिक क्षेत्रका व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान
२०८३ असोज १९, सोमबार
दुर्गा प्रसाईंलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा झिकाउन आदेश
२०८३ असोज १९, सोमबार
नुवाकोटका विद्यालयको पुनःस्थापनामा प्याब्सनको ६ लाख १९ हजार राहत सहयोग प्रदान
२०८३ असोज १९, सोमबार
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार