असोज १९, २०८३ सोमबार October 5, 2026

नेपालमा हालसम्म कोरोना जितेर १ सय १२ जना डिस्चार्ज, चार जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपालमा हालसम्म ११२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ८४ जना पुरुष र २८ जना महिला कोरोना जितेर अस्पतालबाट घर फर्केका हुन् ।

पछिल्लो २४ घण्टामा मात्रै १६ जना पुरुष र ९ जना महिला डिस्चार्ज भएका स्वासथ्य मन्त्रालयले जनाएको छ । यस्तै नेपाालमा ७ जना कोरोना संक्रमित थपिएका छन् । अछाम, बदिर्या, र पर्साका गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामको मेल्लेक गाउँपालिकाका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनी अहिले अछाम अस्पतालमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन ।

यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका २२ र २४ र १८ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साको जिराभवानीकाका १८ वर्षीया पुरुष र काठमाडौँ घर भई हाल कलैया बारामा बस्ने २८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ।

नेपालमा चारजना संक्रमितको भने निधन भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महाधिवेशन सार्ने तयारीमा नेकपा, २३ असोजको बैठकमा मिति टुंग्याउने
२०८३ असोज १९, सोमबार
शैक्षिक क्षेत्रका व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान
२०८३ असोज १९, सोमबार
दुर्गा प्रसाईंलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा झिकाउन आदेश
२०८३ असोज १९, सोमबार
नुवाकोटका विद्यालयको पुनःस्थापनामा प्याब्सनको ६ लाख १९ हजार राहत सहयोग प्रदान
२०८३ असोज १९, सोमबार
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार