असार २०, २०८२ शुक्रबार July 4, 2025

नेपाल छिर्न पाँच हजार घुस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
क्वारेन्टिनको कमजोर व्यवस्थापन र स्वास्थ्य परीक्षणको अभावका कारण भारतसँग सीमा जोडिएका १, २, ५ र सुदूर पश्चिम प्रदेश अत्यधिक जोखिममा छन् । तराईका अरु जिल्ला झैं रौतहटको हालत पनि खराब उन्मुख देखिन्छ । त्यहाँ हिजोसम्म २२ जनामा संक्रमण देखिएकोमा आज एकैचोटी २२ जना थपिएका छन् । सीमा जोडिएको बाराको गढीमाई नगरपालिकामा मात्रै २१ जना संक्रमित फेला परेका छन् ।

तोकिएको नाकाबाट नभई अधिकांश भारतीय सीमाको क्वारेन्टिनबाट निस्केर खेत,बारी,खोला,जंगलबाट लुसुलुसु छिरेको सुरक्षा स्रोत बताउँछ । पारीपट्टि कोरोना संक्रमितको संख्या अथाह हुन थालेको छ । स्रोतकाअनुसार ३२ भारतसङ्ग रौतहट जिल्लाको ३२ किलोमीटर सीमा जोडिन्छ र सीमा क्षेत्रबाट छिर्नेहरूमा संक्रमित दर १५ प्रतिशतभन्दा बढी पुगेको छ । रौतहटमा अघिल्लो पटक १ सय १० जनाको परीक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको थियो ।

तोकिएको नाकाबाट आउन खोज्नेलाई भारतीय सुरक्षाकर्मीले नजराना मागेपछि उनीहरूले अन्य बाटो रोजेका हुन् । नेपाल छिर्न आफूहरूसँग प्रतिव्यक्ति पाँच हजार भारुसम्म घुस लिएको पीडितहरूले एक जना जनप्रतिनिधिलाई बताएका छन् । जनआस्थाबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया