असोज १९, २०८३ सोमबार October 5, 2026

थप ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

महोत्तरीको मनरा गाउँपालिका–१० का ३० र ३५ वर्षीय पुरुष, जुम्ला घर भई बारामा कार्यरत ३५ र ३६ वर्षीय पुरुष र बाराको पचरौता–१ को पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका १९, ३० र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै रौतहटमा २२ संक्रमित थपिएका छन् । सदरमुकाम गौरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।

गौर नागरपालिकाका ७ पुरुष र एक महिलामा संक्रमण देखिएकोहो । उनीहरु ४ देखि ४० वर्ष उमेर समूहका छन् ।

यस्तै यसैगरी देवाही गोनाही नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि १४ वर्षका छन् । यस्तै अरुणिया १ र ४ का ६ जना, जो २६ देखि ४८ वर्षका छन्, उनीहरुको पनि रिपोर्ट पोजेटिभ आएको छ ।

राजदेवी नगरपालिकामा २२ वर्षीय पुरुष र गडुरा नगरपालिकाका एक २४ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै सिराहाको नवराजपुर गाउँलिकाका १८ वर्षीय पुरुष, भगवानपुर गाउँपालिकाको ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २५ देखि २९ वर्षका पुरुष छन् ।
यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका २२ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनी कोरोना अस्पताल, जनकपुरमा उपचाररत छन् ।
यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिका १, २ र ८ का २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये एक दुई वर्षकी बालिकासमेत छिन् भने अरु १९ देखि ५५ वर्षका छन् । अनिरुद्र माविमा संकलन गरिएको उनीहरुको थ्रोट स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा परीक्षण गरिएको थियो ।

बाँकेमा ८ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका(२ का २२ वर्षीय पुरुष, डडुवा–१ का २० वर्षीय पुरुष, डडुवा–२ का २१, ३६ र ४० वर्षीय पुरुष, राप्ती सोनारी–३ का ४६ वर्षीय पुरुष, , राप्ती सोनारी–९ का ३८ वर्षीय पुरुष र बैजनाथ–३ का ३० वर्षीष पुरुषमा संक्रमण देखिएको हो ।

रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशालाले यसको जानकारी दिइसकेको थियो । कपिलवस्तु मायादेवी—७ का २२ र ५० वर्षीय पुरुष, अर्घाखाँचीको पाणिनी गाउँपालिकाका १९ र ४३ वर्ष, गुल्मी धुर्कोटका २ पुरुष र रुपन्देही अस्पतालका २२ वर्षीय पुरुष छन् ।

सेती प्रयोगशालामा गरिएको परीक्षणमा कैलाली र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

पोखरामा गरिएको परीक्षणमा स्याङ्जा बालिङका २० र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चार दिनअघिमा भारतबाट आएका थिए ।

यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उनीहरु मध्ये वीरेन्द्रनगरका ८ जना छन् । उनीहरु ९ देखि ४६ वर्ष उमेर समूहका छन् । यस्तै भेरी गंगाका १६ र १७ वर्ष पुरुष तथा सिम्टाका ३५ र ४९ वर्षका पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालका कुल संक्रमितको संख्या ७७२ पुगेको छ । उनीहरु मध्ये ४ जनाको मृत्यु भएको छ भने १५५ जना निको भएर घर फर्किएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महाधिवेशन सार्ने तयारीमा नेकपा, २३ असोजको बैठकमा मिति टुंग्याउने
२०८३ असोज १९, सोमबार
शैक्षिक क्षेत्रका व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान
२०८३ असोज १९, सोमबार
दुर्गा प्रसाईंलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा झिकाउन आदेश
२०८३ असोज १९, सोमबार
नुवाकोटका विद्यालयको पुनःस्थापनामा प्याब्सनको ६ लाख १९ हजार राहत सहयोग प्रदान
२०८३ असोज १९, सोमबार
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार