मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

नेपाल आज बंगलादेशको सामना गर्दै

सावित्रा भण्डारीको पुनरागमनले उच्च मनोबल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाली महिला राष्ट्रिय टिमले बिहीबार वुमेन्स मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा बंगलादेशको सामना गर्दैछ ।

दुई खेलको शृंखलाको पहिलो प्रतिस्पर्धा ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा स्टेडियमा हुनेछ । खेल पौने छ बजे सुरु हुनेछ । खेल अगाडि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका मुख्य प्रशिक्षक अनन्त थापाले दुई टिमबीच तीव्र प्रतिस्पर्धा हुने बताएका छन् । उनले टिममा सावित्रा भण्डारीको पुनरागमनले उच्च मनोबल थपिएको दाबी गरेका छन् ।

काठमाडौंमा भएको वुमेन्स साफ च्याम्पिनयसिपमा सावित्रा चोटका कारण पूर्णरूपमा खेल्न असर्थन रहेकी थिइन् । प्रतियोगिताको उपाधिको भीडन्तमा बंगलादेशले नेपाललाई नै पराजित गरेको थियो । यो नै बंगलादेशी महिला फुटबलको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि रहेको छ ।

सावित्रासँगै चोटबाट मुक्त हुँदै टिमका दुई महत्त्वपूर्ण खेलाडी गीता राना र प्रिति राईले पनि पुनरागमन रच्दै छन् । नेपाली टिमका कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेशलाई बलियो प्रतिद्वन्द्वीका रूपमा हेरेको बताएकी छन् । उनले साफको हार बिर्सेर खेल्नु पर्ने पनि बताइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया