असार २६, २०८२ बिहिबार July 10, 2025

रौतहटमा भारतबाट फर्केका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । रौतहटमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रौतहटको विभिन्न स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएका मध्ये २८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र बाँकी ७ जनाको हेटौँडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन ।

जिल्लाको चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७, गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाही गोनाही नगरपालिकामा २, र कटहरिया नगरपालिकामा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबैजना भारतबाट आएका हुन् । यो सँगै रौतहटमा मात्रै कोरोना संक्रमितहरुको संख्या १ सय ४ पुगेको छ । हिजो मंगलबार रौतहटमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण देखिएका अधिकांश व्यक्तिहरु भारतबाटै फर्केको पाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार