असोज १९, २०८३ सोमबार October 5, 2026

रौतहटमा भारतबाट फर्केका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज । रौतहटमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रौतहटको विभिन्न स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएका मध्ये २८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र बाँकी ७ जनाको हेटौँडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन ।

जिल्लाको चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७, गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाही गोनाही नगरपालिकामा २, र कटहरिया नगरपालिकामा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबैजना भारतबाट आएका हुन् । यो सँगै रौतहटमा मात्रै कोरोना संक्रमितहरुको संख्या १ सय ४ पुगेको छ । हिजो मंगलबार रौतहटमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण देखिएका अधिकांश व्यक्तिहरु भारतबाटै फर्केको पाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महाधिवेशन सार्ने तयारीमा नेकपा, २३ असोजको बैठकमा मिति टुंग्याउने
२०८३ असोज १९, सोमबार
शैक्षिक क्षेत्रका व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान
२०८३ असोज १९, सोमबार
दुर्गा प्रसाईंलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा झिकाउन आदेश
२०८३ असोज १९, सोमबार
नुवाकोटका विद्यालयको पुनःस्थापनामा प्याब्सनको ६ लाख १९ हजार राहत सहयोग प्रदान
२०८३ असोज १९, सोमबार
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार