असोज १९, २०८३ सोमबार October 5, 2026

दैलेखमा थप ८ जनामा संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिमकोट । कर्णाली प्रदेशमा थप आठजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पशुपन्क्षी रोग अन्वेषण प्रयोगलाशा र प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको हो ।

बिहीबार पुष्टि भएका सबै संक्रमित दैलेखको नारायण नगरपालिकाका रहेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन ।

सबै संक्रमित भारतबाट आएका हुन् । दैलेखमा संक्रमितको संख्या १६ पुगेको छ । कर्णाली प्रदेशमा अहिलेसम्म ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया