असोज १९, २०८३ सोमबार October 5, 2026

थप १५६ जनामा कोरोना संक्रमण पुष्टि,कुल संक्रमितको संख्या १०४२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार (आज) देशभर थप १५६ जनामा संक्रमण देखिएको जनाएको हो।

यो एकैदिन नेपालमा देखिएको सबैभन्दा बढी संक्रमित संख्या हो। यसअघि बुधबार ११४ जनामा कोरोना संक्रमण भेटिएको थियो।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १०४२ पुगेको छ।

नेपालमा १८७ जना कोरोना संक्रमणबाट निको भइसकेका छन्। जसमा पुरुषहरु १४४ र महिला ४३ जना छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया