असार २५, २०८२ बुधबार July 9, 2025

रौतहटमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट । रौतहटमा आज एकै दिन थप ५६ जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । परिक्षणको लागि तीन दिन अघि लगिएको स्वाबको पिसिआर परिक्षणमा नया संक्रमितको संख्या थपिएको हो ।

थपिएकोमा राजपुर नगरपालिकामा–३३ जना, बौध्दिमाई नगरपालिकामा २ जना, मौलापुर नगरपालिकामा ६ जना र ईशनाथ नगरपालिकामा १५ जना रहेका छन ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले दिएको जानकारी अनुसार आज थपिएका चार वटै नगरपालिकाको क्वारेन्टाईनमा बसेकाहरु हुन । यससगै रौतहटमा कोरोना भाईरसको संक्रमितको संख्या १ सय ८१ पुगेको छ ।

कोरोना भाईरसको संक्रमितहरु सबै भारत बाट आएका हुन । उनीहरु भारत बाट आउना साथ सम्बन्धित नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा राखिएको थियो । उनीहरुको स्वाबको पिसिआरको परिक्षणको लागि तीन दिन अघि निकालिएको हो । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको जनाइएको छ ।

रौतहटको १८ स्थानीय तह मध्ये कटहरिया, गरुडा, माधवनारायण, फतुवा बिजयपुर, बृन्दाबन, गुजरा नगरपालिका, गढिमाई, ईशनाथ, राजदेबी, गौर, देबाही गोनाही नगरपालिकाको क्वारेन्टाईनमा बसेकाहरुमा कोरोना भाईरसको संक्रमण देखिएको हो । रौतहटमा देखिएका कोरोना भाईरसको संक्रमितको उपचारको लागि जिल्लामानै बनाईएको आईसोलेसनमा राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार