असोज १९, २०८३ सोमबार October 5, 2026

आजमात्रै १७० जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १२१२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्।

पछिल्लो २६ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो। योसंख्या अहिलेसम्मकै बढी हो। यसअघि मंगलबार ९० जना, बुधबार ११४ जना र बिहीबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताएका छन।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ भने २०६ जना कोरोनालाई जितेर घर फर्केकाका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया