असोज १९, २०८३ सोमबार October 5, 2026

दैलेखमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिमकोट । दैलेखमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिष्ठानका प्रयोगशाला शाखा संयोजक विवेक कुमार पुनका अनुसार नयाँ संक्रमित हुने सबै दैलेखको नारायण नगरपालिकाका हुन् ।

उनीहरु केही दिन अगाडि मात्रै भारतबाट फर्किएका थिए । नारायण नगरपालिका वडा नम्बर २, ३, ४, ५, ८, १० र ११ का १७ देखि ४१ वर्षसम्मका पुरुष रहेका छन् । योसँगै कर्णाली प्रदेशको संख्या ६० पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया