काठमाडौंः सर्वोच्च अदालतकाे प्रधान न्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस भएका छन् ।
आज बसेकाे संवैधानिक परिषदकाे बैठकले श्रेष्ठलाई प्रधान न्यायाधीशमा सिफारिस गरिएकाे परिषद् सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।
वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेरहदका कारण शनिबारदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया