कार्तिक २८, २०८३ शनिबार November 14, 2026

तराईलाई सुक्खा क्षेत्र घोषणा गर्न सरकारलाई जनप्रतिनिधिको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं : वीरगञ्ज महानगरपालिकालगायत तराईका जिल्लामा देखिएको पानीको समस्यालाई तत्कालीन र दीर्घकालीनरूपमा समाधान गर्न पर्साका जनप्रतिनिधिहरूले सङ्घ सरकारलाई अपिल गरेका छन् । वीरगञ्ज महानगरपालिकाले आज वीरगञ्जमा आयोजना गरेको ‘खानेपानी समस्या सम्बन्धमा सरोकारवालसँग छलफल’ विषयक कार्यक्रममा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले सङ्घ सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा सहभागी नेपाल सरकारका खानेपानीमन्त्री महिन्द्र राय यादवलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यद्वय प्रदीप यादव र अजयकुमार चौरसियालगायतका जनप्रतिनिधिले तराईका जिल्लामा देखापरेको खानेपानीको समस्या कोरोना महामारीभन्दा बढी भयावह अवस्थामा देखिएकाले यसको तत्कालीन र दीर्घकालीनरूपमा समाधान गरी सर्वसाधारणको ज्यान रक्षा गर्न सङ्घ सरकारलाई आग्रह गरेका हुन् । जनप्रतिनिधिले सर्वसाधारणले खोनेपानीको अभाव खेपिरहेको र  वर्षा नहुँदा कृषि कार्यमा समेत समस्या देखिएकाले यस क्षेत्रलाई सुक्खा क्षेत्र घोणा गर्ने गरी किसानलाई राहत प्रदान गर्न माग गरेका छन् ।

खानेपानीको समस्या दिनानुदिन भयावह हुँदै गएको र आउने दिनमा यो समस्या विकराल हुँदै जाने भएकाले तराईलाई मरुभूमि र तराईवासीलाई अकाल मृत्युबाट जोगाउन सरकारले तत्कालै अग्रसरता देखाउन प्रतिनिधिसभा सदस्यद्वयले आग्रह गर्र्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधिले राखेका जिज्ञासा तथा विभिन्न मागका विषयमा मन्त्री यादवले तराईका विभिन्न जिल्लामा देखिएको खानेपानीको समस्याप्रति सरकार अत्यन्त गम्भीर रहेको र खानेपानी समस्यालाई तत्काल सम्बोधन गर्न आवश्यकताका आधारमा डिपबोरिङ र स्यालोट्युबवेल जडान गराउने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । उहाँले नेपाल खानेपानी संस्थानको क्षमतालाई वृद्धि गर्दै त्यसको पहुँचलाई बढाउँदै लैजान संस्थालाई निर्देशन दिनुभयो ।

उहाँले तराईका जिल्लामा देखिएको खानेपानीको अभाव चुरेक्षेत्रको अत्यधिक दोहनले गर्दा भएको र सो क्षेत्रको संरक्षण गर्दै पानीको सतहलाई बढाउन रिजर्भ ड्याम बनाउने सोचमा नेपाल सरकार रहेको बताउनुभयो ।

चुरेक्षेत्रको अत्यधिक दोहनका कारण तराईका जिल्लामात्र नभई भारतको उत्तर प्रदेश र बिहार राज्यमा समेत पानी अभाव देखिएकाले चुरक्षेत्रको संरक्षणसँगै रिजर्भ ड्याम निर्माणका विषयमा भारत सरकारसँग छलफल भइरहेको र भारतीय पक्ष यस विषयमा सकारात्मक रहेको मन्त्री यादवले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीले खानेपानी संस्थानमा देखिएको जनशक्ति अभावलाई सरकारले तत्काल सम्बोधन गरी धारा जडान प्रक्रियालाई गति दिन आग्रह गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार