असोज १७, २०८३ शनिबार October 3, 2026

कोरोना भाइरसबाट नेपाल बाहेक विश्वभर एक सय २१ नेपालीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण शनिवार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरूको सङ्ख्या एक सय २१ पुगेको छ ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार यो साता थप सात जना नेपालीहरूले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

सङ्घका अनुसार युएईमा एक जना, युकेमा एक जना, अमेरिकामा एक जना, बहराइनमा दुई जना, कुवेतमा एक जना र साउदी अरबमा एक जना नेपालीको कोरोनाका कारण ज्यान गएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार हालसम्म सबैभन्दा बढी बेलायतमा ६६ जना गैर आवासीय नेपालको मृत्यु भएको छ भने संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको निधन भएको छ ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको १७ , साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई , कतारमा एक, आयरल्यान्डमा एक, जापानमा एक, टर्कीमा एक, नेदरल्याण्डस्मा एक र स्विडेनमा एक जना नेपालीले ज्यान गुमाएको समितिले जनाएको छ ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सापकोटाका अनुसार नेपाल बाहेक कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, स्विडेन, नेदरल्याण्ड लगायतका ३४ देशका १४ हजार चार सय २५ जना गैर आवासीय नेपालीहरू कोरोनाबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये चार हजार पाँच सय भन्दा बढी नेपालीहरू कोरोना भाइरसबाट मुक्त भएका छन् ।

यो साता डेनमार्क र टर्कीमा नेपालीमा नयाँ सङ्क्रमण देखिएको समितिलाई उदृत गर्दै उच्च स्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार
विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचन उम्मेदवार छनोट समिति
२०८३ असोज १७, शनिबार
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार