कार्तिक २८, २०८३ शनिबार November 14, 2026

१४ वटै हिमाल आरोहण गरेका विश्व कीर्तिमानधारीलाई काठमाडौंमा भब्य स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ८ हजार मिटरभन्दा माथिका १४ वटै हिमाल आरोहण गरेर रेकर्ड बनाएका दुई आरोहीलाई काठमाडौंमा स्वागत गरिएको छ। ९२ दिनमै १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएर फर्केपछि नेपालका तेन्जेन लामा र नर्वेकी क्रिस्टिन हरिलालाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गरिएको हो।

आज बिहान काठमाडौं विमानस्थल अवतरण गरेका दुई आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन्।

यस्तै, पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघलगायत संघ–संस्थाका प्रतिनिधिले दुई आरोहीलाई स्वागत गरे। ११ साउन बिहान ११ बजेर ४५ मिनेटमा लामा र हरिलाले दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेपछि उनीहरूले नयाँ रेकर्ड बनाएका हुन्।

यसअघि निर्मल पुर्जा मगरले ६ महिना ६ दिनमा यी १४ हिमाल आरोहण गरेका थिए। त्यसअघि यो रेकर्ड कोरियाली नागरिक किम चाङ होको नाममा थियो। उनले ७ वर्ष १० महिना ६ दिन लगाएर उक्त रेकर्ड बनाएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार