कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नेपालीले कति सुन ल्याउन पाउँछन् विदेशबाट ? यस्तो छ नयाँ नियम

महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामसम्मको सुनमा भन्सार नलाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः केही दिनअघि अवैधरुपमा भित्रिएको करिब एक क्विन्टल सुन चाँजपास गरेको त्रिभुवन भन्सार कार्यालयले कति सुन ल्याउन पाउने र कति नपाउने भन्दै सूचना जारी गरेको छ । कार्यालयका अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले महिलाको हकमा ५० ग्राम सम्मको सुनमा भन्सार तिर्नुपर्दैन भने पुरुषको हकमा २५ ग्रामसम्मको भन्सार लाग्दैन ।

एक जना व्यक्तिले थप २०० ग्रामसम्म भन्सार तिरेर ल्याउन पाउँछन् । यस्तै, गहनाको आकार मात्र दिएर बनाइएका बेरुवा अ‍ौठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नभएका गहनाको मान्यता नहुने भन्सार कार्यालयले स्पष्ट पारेको छ ।

यता मोबाइलको हकमा आफुले प्रयोग गरिरहेको ल्याउँदा भन्सार लाग्दैन भने श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी काम गरेका यात्रुले आफ्नो साथमा थप एक थान मोवाइल भन्सार नतिरी ल्याउन पाउँछन् ।

यस्तै, टेलिभिजनको हकमा श्रम स्वीकृति लिइ लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा आवद्ध भएका नेपाली यात्रुले जुनसुकै आकार प्रकारको टेलिभिजन ल्याउँदा भन्सार तिर्नुपर्दैन । यदि सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको अवस्थामा भने यात्रुले ३२ इन्चसम्मको टिभी मात्र भन्सार नतिरी ल्याउन पाउँछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार