काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । भारतको प्रधानमन्त्री कार्यालयका अनुसार मोदीले नेपालका प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेका हुन् ।
टेलिफोन संवादमा नेताद्वयबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
टेलिफोन संवादमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका द्वीपक्षीय समझदारीका विभिन्न पक्षका बीचमा कुराकानी भएको जनाइएको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा नेताद्वयले संवादको क्रममा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया