कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आजको दैनिक राशिफल : सिंह राशिको ब्यस्तता एवम् दौडधुप बढ्ने, अरु राशिको कस्तो ?

मकरलाई बोलीको प्रभावमा अरुको विश्वास जित्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण २१ गते आइतबार तद्अनुसार सन् २०२३ अगस्त ६ तारिख अधिक श्रावण कृष्णपक्ष पञ्चमी तिथि उत्तरा भाद्रपद नक्षत्र ९ः८ पर रेवती नक्षत्र सुकर्म योग ०ः५९ पर धृति योग गर करण आनन्दादियोगमा स्थिर योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३० बजे भयो र सूर्यास्त साँझ १८ः४८ बजे हुनेछ । आज मित्रता दिवस ।

मेष – वैदेशिक कार्यहरू सुचारु भएर जाने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ भने शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि पनि समय अनुकूल रहनेछ । स्वास्थ्यका लागि आज खानपानमा विशेष सचेत रहनुहोला । मानवर्द्धक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

वृष – उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । शत्रु परास्त होलान् । कर्मको उचित प्रतिफल पाइनेछ भने विगतको श्रमबाट प्रशस्त धन लाभ हुने योग छ । चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले आज विपरितलिङ्गीबाट टाढा रहनु हितकर हुनेछ । आयबल बढ्नेछ । साहसिक काममा आकर्षण रहला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । मातापिता र सन्तानसँगको मतभेद बढ्ने योग छ । लेनदेनमा विवाद बढ्ने समय रहेकोले सकभर कारोबार नगर्नु हितकर होला । विगतको श्रमबाट भने आंशिक लाभ हुनेछ । रसरागमा रुचि बढ्नेछ । मानसम्मानमा आघात पुग्न सक्ने दिन भएकोले व्यवहारमा संयमता अपनाउनुहोला ।

कर्कट – बलभन्दा बुद्धिको काममा जोड दिनु हितकर हुने समय छ । खर्चका बाध्यता धेरै आइपर्ने छन्, फजुल खर्चबाट जोगिने प्रयत्न गर्नुहोला । कसैलाई आज नगद सहयोग नगरेकै राम्रो । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मिठो भोजन मिल्नेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – ब्यस्तता एवम् दौडधुप बढ्नेछ । आफ्नो ठानेकाबाटै विश्वासघात हुने सम्भावना भएकोले आजको दिन गोपनियतामा विशेष सावधानी अपनाउनुहोला । विदेश यात्राको प्रयासमा रहेकालाई शुभदायी समय छ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने योग छ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । पारिवारमा शान्ति रहनेछ ।

कन्या – सोचेको समयमा कार्य सम्पादन गर्न नसकिए पनि व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ । घर तथा सवारी साधन जोड्ने अवसर मिल्ला । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – स्वास्थ्यसम्बन्धी समस्या बढ्ने योग रहेकोले आजको दिन खानपानमा एकदमै सजक रहनुहोला । गोपनियतामा सचेत रहनुपर्नेछ । आमदानीका अवसरहरू प्राप्त हुनेछन् । पुराना मित्रहरूसँग भेटघाट हुने योग छ । कसैसँग विवाद वा झगडा हुनसक्छ, सावधान रहनुहोला । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । आर्थिक काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने समय रहेकोले मन चिन्तित रहन सक्छ । पति–पत्नीबीच विवाद बढ्न सक्छ, सचेत रही व्यवहार गर्नु हितकर हुनेछ । तपाईंका कमजोरीमाथि टीका–टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्ने सम्भावना छ । आजको दिन बोलीको भरमा काम सम्पादन हुनसक्छ । प्रेमभाव वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्ला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – व्यस्तता बढ्नेछ । धन आर्जन हुने समय छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । कही मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन सक्छ । काममा लगनशील बन्न नसक्दा आलोचनाको शिकार भइएला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – पराक्रम बढ्नेछ । बोलीको प्रभावमा अरुको विश्वास जित्न सकिने समय छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ, सावधान रहनुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । भेटघाटको अलमलले योजना बिग्रन सक्छ, ध्यान राख्नुहोला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, प्रेममा खटपट भइरहने समय छ । प्रेम प्रसङ्ग अघि बढ्दा अन्य काममा असर पर्न सक्छ । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । विगतको श्रमबाट धन लाभ हुने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मिठो भोजन मिल्नेछ ।

मीन – कर्मबल बढ्नेछ । शारीरिक कष्ट बढ्न सक्छ । आर्थिक कारोबारमा पनि समस्या आउने योग छ । धार्मिक कार्यमा खासै रुचि नहोला, तथापि, अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । सन्तानसुख बढ्ला । सामथ्र्य बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । ✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार