काठमाडौँ: नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीलाई भेट्न राजदूत अबुहामिद सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीको कार्यालयअनुसार दुईजनाबीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्य र दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउने, साउदीमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया