भाद्र ७, २०८३ आइतबार August 23, 2026

एमाले सांसदको अवरोधपछी राष्ट्रियसभा बैठक स्थगित

अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: सुन तस्करीको बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बैठकको सुरुमै एमाले सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि अध्यक्ष गणेश तिमिल्सिनाले रावललाई बोल्न समय उपलब्ध गराएका थिए ।

उनले आफूहरुले चाहेर नभइ बाध्यताले संसद अवरोध गर्नु परेको बताइन् ।

उनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दावा छिरिङ शेर्पाको नागरिकता बारे पनि प्रश्न उठेको बताइन् ।

उनले भेपमा सुन तस्करीमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको पनि संलग्नता रहेको प्रमाणसहितको प्रतिवेदन सीआईबीले तयार पारेको तर सरकारले उनीहरुलाई जोगाइरहेको आरोप लगाइन् ।

सरकारमा रहेका दलका मान्छे पनि तस्करीमा संलग्न रहेको आरोप लगाउँदै उनले सरकारले गर्ने छानबिनबाट सुन तस्करीको सत्यतथ्य आउन नसक्ने भएकाले विषेश छानबिन समिति गठन गर्नु पर्ने माग आफूहरुले राखेको बताइन् ।

अध्यक्ष तिमिल्सिनाले शीर्ष नेताहरुबीच संवाद चलिरहेको र समस्या समाधानको प्रयास भइरहेकाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु आसन ग्रहण गर्न मानेनन् ।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’ : प्रधानन्यायाधीश शर्मा
२०८३ भाद्र ७, आइतबार
‘ओलीको विकल्प खोज्ने बेला भएको छैन, विधि र प्रक्रियाबाटै नेतृत्व परिवर्तन हुन्छ’ : महासचिव, शंकर पोखरेल (अन्तवार्ता)
२०८३ भाद्र ७, आइतबार
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
२०८३ भाद्र ७, आइतबार
ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री थापाका विपक्षमा मतदान गर्न बागमती काँग्रेसको ह्विप
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
२०८३ भाद्र ७, आइतबार
विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ
२०८३ भाद्र ७, आइतबार