भाद्र ७, २०८३ आइतबार August 23, 2026

प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित

सभामुखले पटक पटक बैठक सञ्चालन गर्न सघाउन आग्रह गरेपनि एमालेले नाराबाजी नरोकेपछि बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरोध गरेको हो ।

बैठकको सुरुमै उठेर विरोध जनाएका एमाले सांसदहरूको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मङ्गलबारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरूको विरोध जारी रहने बताउनुभयो ।

सांसद थापाले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरू पनि उठेर विरोध जनाएका थिए । सभामुखले पटक–पटक बसेर बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गरेपनि सांसदहरू नबसेपछि अवरोधकै बिचमा सांसद थापाले आफ्नो भनाइ टुङ्ग्याउनुभएको थियो । लगत्तै एमाले सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

सभामुखले पटक पटक बैठक सञ्चालन गर्न सघाउन आग्रह गरेपनि एमालेले नाराबाजी नरोकेपछि बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको आगामी बैठक साउन २६ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’ : प्रधानन्यायाधीश शर्मा
२०८३ भाद्र ७, आइतबार
‘ओलीको विकल्प खोज्ने बेला भएको छैन, विधि र प्रक्रियाबाटै नेतृत्व परिवर्तन हुन्छ’ : महासचिव, शंकर पोखरेल (अन्तवार्ता)
२०८३ भाद्र ७, आइतबार
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
२०८३ भाद्र ७, आइतबार
ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री थापाका विपक्षमा मतदान गर्न बागमती काँग्रेसको ह्विप
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
२०८३ भाद्र ७, आइतबार
विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ
२०८३ भाद्र ७, आइतबार