जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६४ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
जस अनुसार धनुषा जिल्लामा २१ जना, सर्लाही जिल्लामा १० जना, रौतहट जिल्लामा २८ जना र पर्सा जिल्लामा ५ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको र सबै भारतवाट आएर विभिन्न क्वारेन्टाईनमा रहनु भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन ।
पछिल्लो पटक थपिएका कोरोना संक्रमितहरुको संख्या सहित ६ सय १३ पुगेको छ । कोरोना संंक्रमितिहरु मध्ये उपचार पश्चात ९८ जनाले कोरोनालाई पराजित गर्दै स्वाथ्य लाभ प्राप्त गरेर घर फर्किएका छन ।
धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका वडा नम्वर ४ स्थित दुखनीदेवी नर्सिङ्ग होमको क्वारेन्टाईनमा रहेका २१ बर्षिय पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषा जिल्ला जनकपुर उपमहानगरपालिकाको गोपाल धर्मशालाको क्वारेन्टाईनमा रहेका वर्ष विभिन्न उमेर समूहका ९ कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनुषा जिल्लाकै मुखियापट्टी मुसहरनीया गाउँपालिका स्थित तुल्सीयाही प्राथमिक विद्यालयको क्वारेन्टाईनमा रहेका विभिन्न उमेर समूहका ११ जना पुरुषहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । धनुषा जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका अधिकांस संक्रमितहरु भारतको गुजरातबाट आएको बुझिएको छ ।
जसमा चारनाथ नगरपालिकाका संक्रमितको स्वाब जेठ ११ गते संकलन गरिएको थियो । त्यसैगरी गोपाल धर्मशालाका संक्रमितको जेठ १५ गते र मुखियारपट्टीका संक्रमितहरुको १० गते स्वाब संकलन गरिएको सामाजिक विकास मन्त्रालयका सचिवले जानकारी दिएका छन ।
सर्लाही जिल्लाको हरिपुर नगरपालिकाको स्थानीय क्वारेन्टाईनमा रहेका एक जना उमेर स्पष्ट हुन नसकेका पुरुष सहित १५, २४, ३४, ५० र ४० वर्ष उमेरका २ जना गरी कुल ७ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
त्यसैगरी, सर्लाही जिल्लाकै ब्रम्हपुरी गाउँपालिका स्थित रामबिलास प्रा.वि.को क्वारेन्टाईनमा रहेका वर्ष २५, २८ र ४८ वर्षका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको सचिव डा। घिमिरेले जानकारी दिएका छन।
जसमा हरिपुर नगरपालिका संक्रमितहरुको जेठ १३ गते र ब्रम्हपुरी गाउँपालिकाका संक्रमितहरुको जेठ १५ गते स्वाव संकलन गरिएको थियो । सक्रमितहरु छिमेकी मुलुक भारतबाट आएर सम्बन्धित क्वारेन्टाईनमा बस्दै आएका छन ।
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका स्थित गंगा पिपरा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १७, २२, २३, २९, ३५, ४० र २५ वर्षका २ जना गरी कुल ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहट जिल्लाकै इशनाथ नगरपालिका बडा नम्वर सातमा रहेको घिउरा मा.वि.को क्वारेन्टाईनमा रहेका २० वर्षका २ जना सहित १७, १९, २१, २२, २४, २७, ३६, ४५ र ५० वर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सोही नगरपालिका वडा नम्वर ८ मा रहेको जोकाहा मदरसाको क्वारेन्टाईनमा रहेका ४, ८ र १२ बर्षिय बालक तथा ३० वर्षका २ जना पुरुष सहित १८, २२, ४५ र ५२ बर्षिय पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएका छ । रौतहट जिल्लाका सम्पूर्ण संक्रमितहरु छिमेकी मुलुक भारतबाट आएर स्थानीय क्वारेन्टाईनमा बस्दै आएको बुझिएको छ ।
पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिकाको क्वारेन्टाईनमा बस्दै आएका वर्ष २५ बर्षिय महिला तथा २२ बर्षिय दुई जना पुरुषहरु सहित २५ र ३६ बर्षिय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सवै जना छिमेकी मुलुक भारतबाट आएर स्थानीय क्वारेन्टाईनमा बस्दै आएको बुझिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया