कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पशुपतिनाथ मन्दिरमा नयाँ भट्ट (पुजारी) नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पशुपतिनाथ मन्दिरमा बुधबारदेखि नयाँ भट्ट (पुजारी) नियुक्त भएका छन्। भारत आन्ध्र प्रदेश कर्नाटकवासी करिब ३२ वर्षीय बिएस विनय अडिगाले बुधबारदेखि विधिवत रूपमा धार्मिक र सांस्कृतिक प्रक्रिया पूरा गरी पशुपतिको मूल मन्दिरमा प्रवेश गरेका छन्। उनले बुधबारदेखि नै मूल भट्टबाट पाशुपत दीक्षा पाएका छन्।

अब उनी पशुपति मूल मन्दिरको दक्षिण मुहारको पुजारी भएका छन्। उनी वैदिक शास्त्र, धर्मशास्त्र तथा तन्त्रशास्त्रका ज्ञाता मानिन्छन्। पशुपतिका तत्कालीन भट्ट रामाकारन्त भट्टले स्वास्थ्यको कारण देखाई राजीनामा गरेपछि रिक्त रहेको पदमा अडिगालाई नियुक्त गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। ६५ वर्षीय रामाकारन्त पनि आन्द्र प्रदेश कर्णाटककै हुन्।

रामकारन्तले दिएको राजीनामालाई विकास कोषले २०७९ फागुनमा स्वीकृत गरेको थियो। रामाकारन्तको राजीनामालाई विकास कोषले स्वीकृत गरिसकेपछि त्यसमा सहमतिको लागि प्रधानमन्त्री कार्यालयमा पेस गरिएको, प्रधानमन्त्री कार्यालयलेसमेत स्वीकृत जनाएपछि रिक्त रहेको स्थानमा पदपूर्ति गर्न मूल भट्टको संयोजकत्वमा ५ सदस्यीय विद्धत् समिति गठन गरिएको कार्यकारी निर्देशक खतिवडाले बताए। ‘उच्चतम विद्धान्बाट वैदिकशास्त्र, धर्मशास्त्र, तथा तन्त्रशास्त्रका ज्ञातालाई पशुपतिको भट्टमा नियुक्त गरिएको हो,’ खतिवाडले भने, ‘उच्चतम् विद्धान्बाट भट्ट छान्ने अधिकार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलाई छ।’

नव नियुक्त भट्ट मूलमा मन्दिरमा प्रवेश गर्नुअघि विष्णु पादुकामा बसेर प्रयाश्चित गोदान गरेका थिए। त्यसअघि उनले धार्मिक विधिअनुसार हात जोडी पशुपति मन्दिर परिसरभित्र रहेका विभिन्न देवी देवताको दर्शन, परिक्रमा तथा पुजाआजा गरेका थिए। त्यसअघि उनी ५ दिनसम्म बम्बै ढुकुटी घर हाल श्रीकृष्ण मन्दिरसँगैको घरमा गुप्तबास बसेका थिए। गुप्तबास बस्नुअघि अडिगाले विभिन्न मन्दिर शक्ति पिठ भण्डारेश्वर, ताम्रेश्वर, खञ्जनेश्वर, कृष्णेश्वर, शंकराचार्य मठ, झम्केश्वर मन्दिरको दर्शन तथा परिक्रमा गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार