कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सय किलो सुन तस्करी प्रकरण: पक्राउ परेका तीन जना रिहा

खोजेका बेला उपस्थित हुने सर्तमा रोहनलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले छाड्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः त्रिभुवन विमानस्थलबाट बरामद गरिएको करिब एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तीन जना रिहा भएका छन् ।

यही साउन दुई गते विमानस्थल भन्सार जाँचपास भएर बाहिरिएको करिब एक सय किलो सुन राष्ट्रिय अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । उक्त प्रकरणमा पक्राउ परेका  व्यवसायी रोहन अडुकिया र दुई चिनियाँ नागरिकलाई आज रिहा भएका हुन् ।

खोजेका बेला उपस्थित हुने सर्तमा रोहनलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले छाडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

यस्तै सोही प्रकरणमा पक्राउ परेका ली जियालिङ र लिउ फुयान नामका दुई चिनियाँ नागरिकलाई घटनामा संलग्नता नदेखिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आजै रिहा गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार