कार्तिक २९, २०८३ आइतबार November 15, 2026

तीन वर्षको अन्तरमा पर्ने मत्स्यनारायण मेला आजबाट सकिँदै

मत्स्यनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा साउन महिनाभरी लागेको ‘मत्स्यनारायण मेला’ आज सकिँदै छ । तर, झण्डै तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र लाग्ने मत्स्यनारायण मेलाको औपचारिक समापन भने भदौ १ गते हुने छ ।

२०८० साउन ३१ गते बुधबारबाटै मलमास पनि सकिन्छ । मेला अवधिभर धेरै भक्तजनले मत्स्यनारायण मन्दिरमा पूजा आराधना र दर्शन गरेका छन् । आज पनि मन्दिरमा बिहानैबाट दर्शनार्थी भक्तजनको भीड लागेको छ । पुरुषोत्तममास अर्थात् मलमासमा अरु कुनै शुभकार्य तथा देवकार्य गर्ने गरिँदैन ।

तर,मलमास अवधिभर कीर्तिपुरबाट चार किलोमिटर मात्रै दक्षिणमा पर्ने मत्स्यनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ। पृथ्वीको शुरुवात सँगै विष्णु÷नारायणले सोही स्थानमा रहेको कुण्डमा मत्स्य रुप धारणपछि दिव्यस्वरुपको दर्शन दिएको मत्सयपुराण लगायतका धार्मिक शास्त्रमा उल्लेख छ ।

मत्स्यनारायणलाई मच्छेनारायण पनि भनिने प्रचलन रहेको पाइन्छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् र यस वर्ष पनि हजारौँको सख्यामा भक्तजनहरु मत्स्यनारायण मन्दिरमा नारायणको पूजा आराधना र दर्शन गर्न पुगेका छन् ।

मत्स्यनारायण मन्दिरमा सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गधा र पद्म लिएको मूर्ति छ ।

विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । मेलामा गई दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक मान्यता रहिआएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार