कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.१५ र तराईको बाटोमा सञ्चालन हुने सवारीमा ६.८३ प्रतिशतसम्म सवारी भाडा बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः इन्धनको मूल्य बढाएसँगै सरकारले सार्वजनिक सवारी साधनको भाडा पनि बढाएको छ । अन्तरप्रदेश चल्ने सार्वजनिक यातायात तथा मालबाहक सवारीको भाडा यातायात व्यवस्था विभागले करिब ५ प्रतिशतसम्म बढाएको हो ।

विभागले सार्वजनिक गरेको सूचना अनुसार आजैबाट लागू हुने गरी यात्रुबाहक सवारीमा ४.७० प्रतिशत भाडा बढेको छ । विभागले पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.१५ र तराईको बाटोमा सञ्चालन हुने सवारीमा ६.८३ प्रतिशतसम्म सवारी भाडा बढेको  जनाएको छ ।

बढेको भाडादर आजैदेखि लागू भएको छ । विभागका अनुसार यो भाडा दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने भएको छ ।

नेपाल आयल निगमले हिजो मङ्गलवार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार