कार्तिक २८, २०८३ शनिबार November 14, 2026

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच बालुवाटारमा छलफल

संसद् खुलाउनका लागि दलीय सहमति खोज्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् खुलाउनका लागि दलीय सहमति खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार बिहान आफूलाई भेट्न आएका सभामुख देवराज घिमिरेसँगको संवादका क्रममा उनले यस्तो प्रतिबद्धता गरेका हुन् ।

सभामुख घिमिरेले ‘संसद् खुलाउनका लागि पहल गर्नुस्’ भनेर आग्रह गरेका थिए । “लामो समय भयो, संसद् अवरुद्ध भएको-भएकै छ । यसमा तपाईंले सहमति खोज्नुपर्‍यो । दलीय सहमतिबिना संसद् चल्न सक्दैन,” सभामुखले भनेका थिए ।

जवाफमा प्रधानमन्त्रीले आफूले पहल गर्ने बताएका हुन् । “दलीय सहमतिका लागि पहल गर्छु,” प्रधानमन्त्रीको जवाफ उदृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले क्वीन्टल सुन प्रकरणलाई लिएर उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गरेको छ । उसले समिति नबनेसम्म संसद् नखुल्ने अडान राखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार