कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नेपाल र बङ्गलादेशको सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी

नेपाल–बङलादेशको सम्बन्ध परापूर्वकालदेखिको रहेकाले हाम्रो सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताएका छन्।

आज नेपाल–बङ्गलादेश मैत्री सङ्घले काठमाडौँमा आयोजना गरेको नेपाल, भारत र बङ्गलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रममा उनले नेपाल–बङलादेशको सम्बन्ध परापूर्वकालदेखिको रहेकाले हाम्रो सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताए।

उनले भने, “हामी बीचमा श्रमको आदान प्रादन हुनुपर्छ, राजनीतिक हिसाबले उतार चढाव भए पनि हाम्रो सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ।” उनले  नेपाल–बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध राजनीतिभन्दा बलियो भएको र कहिले नटुट्ने सम्बन्ध भएको जिकिर गरे।

मन्त्री भण्डारीले नेपाल, भारत र बङ्गलादेश नजिकका मित्र देश भएकाले हाम्रो एक आपसमा मित्रता अधिक रहेको र एक अर्कालाई दुःख पर्दा हामीले एक आसपमा सहयोग आदान प्रदान गर्न आवश्यक रहेकोसमेत बताए।

नेपाल–बङ्गलादेश मैत्री सङ्घले आयोजना गरेको नेपाल, भारत र बङ्गलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रमले तीन देशबीचको मित्रता अझ थप प्रगाढ भएको मन्त्री भण्डारीको भनाइ थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार