काठमाडौंः सोमबार साँझ थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नियमित प्रेस व्रिफिङ्गमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्ति मार्फत जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा थपिएका नयाँ संक्रमितहरू पाल्पा, गुल्मी, कपिलवस्तु र रूपन्देहीका पुरूष हुन् भने नवलपरासीका ६ बर्षिय बालक रहेका छन् ।
यो संख्या थप भएसँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या १८ सय ११ पुगेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया