कार्तिक २९, २०८३ आइतबार November 15, 2026

शाश्वतधाममा आजदेखि विराट हनुमान कथा प्रबचन सुरु

भारतस्थित बागेश्वरधामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा) ले तीन दिनसम्म हनुमान कथा प्रबचन गर्नु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नवलपरासी पूर्बको दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रबचन सुरु भएको छ ।

भारतस्थित बागेश्वरधामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा) ले तीन दिनसम्म हनुमान कथा प्रबचन गर्नु हुनेछ । प्रवचन आजदेखि सुरु भएको चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्माण चौधरीले बताउनुभयो । बागेश्वर बाबाको नामले चर्चित धीरेन्द्रकृष्ण शास्त्री आज नै काठमाडौंबाट भरतपुर बिमानस्थल हुदै दुम्कौलीस्थित शास्वतधाममा आउनुभएको हो ।

“शास्वतधाममा आगामी सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नु हुनेछ” उहाँले भन्नुभयो, “हनुमान कथा प्रबचनका लागि दैनिक १० हजारदेखि २० हजारसम्म अटाउनेगरी भक्तजनलाई कथा श्रवणका लागि बस्ने ब्यबस्था मिलाइएको छ ।”

शास्त्रीको कथा सुन्न शास्वतधाममा प्रबेशका लागि अनलाइन पासको ब्यबस्था गरिएको छ । शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा ब्यबस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

उद्योगपती एवं प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले निर्माण गर्नुभएको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलो पटक नेपाल आउनुभएको हो ।

शास्वतधाम हिन्दु धर्मका सबै देवी देवताको एकै थलोमा पुजा गर्न सकिने मन्दिरका रुपमा चर्चित छ । शास्वतधाम वास्तुशास्त्रअनुसार निर्माण गरिएको रमणीय र आकर्षक शैलीको हिन्दु मन्दिर हो । यहाँ संस्कृत गुरुकुल समेत सञ्चालन गरी कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालन हुँदैआएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार