कार्तिक २८, २०८३ शनिबार November 14, 2026

प्रधानमन्त्रीको भ्रमण अगावै तातोपानी नाका खोल्ने सरकारको तयारी

ल्हासा बैठकमा भएको समझदारीअनुसार सेप्टेम्बरभित्र सर्वसाधारणका लागि पनि नाका खुलाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणपूर्व नै तातोपानी कोदारी नाका सर्वसाधारणका लागि खोल्ने तयारी भएको छ।

भूकम्पपछि बन्द भएको नाकाबाट साढे ८ वर्षपछि मालवस्तु मात्र आयातनिर्यात भइरहेको छ। ल्हासा बैठकमा भएको समझदारीअनुसार सेप्टेम्बरभित्र सर्वसाधारणका लागि पनि नाका खुलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड यही भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाँदै छन्। असोज ३ गते अर्थात् सेप्टेम्बर २० तारिखमा प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै चीन प्रस्थान गर्ने प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

सीमावर्ती स्थानीय र नेपाली पर्यटकलाई कोदारी नाकाबाट चीन प्रवेशका लागि आफूहरूको तर्फबाट सबै तयारी भइसकेको र खासातर्फ पनि सबै तयारी भएको जानकारी पाएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए। आठ वर्ष पाँच महिनापछि अब नेपाल चीनका नागरिक तातोपानी नाकाबाट सीमा वारपार गर्न पाउने भएका हुन्।

सीमा वारपार गर्न भूकम्पअघि प्रयोग गरिएकै हरियो र एकदिने दुवै प्रकारका प्रवेश पास जारी गर्ने तयारी अध्यागमन कार्यालय कोदारीले गरेको छ। सीमाबाट ३० किलोमिटर क्षेत्रमा बसोवास गर्नेलाई हरियो र अरूलाई एकदिने पास दिइने अध्यागमनले बताएको छ।

खासा घुम्न जाने नेपालीले ब्ल्यांकेट, लुगा र घरायसी विद्युतीय सामान किन्न पाउनेछन्। २०७२ को १२ वैशाखको भूकम्पपछि बन्द तातोपानी नाका १५ जेठ २०७६ मा आयातका लागि एकतर्फी खुलेको थियो भने गत वैशाख १८ बाट निर्यातका लागि खुला भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार